दुई सातामै २० जनामा हैजा संक्रमण पुष्टि
पानी उमालेर मात्र पिउन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन : यो वर्ष साउन महिनायता मात्रै २० जनामा हैजा संक्रमण पुष्टि भएको छ । साउन लागेपछिको दुई सातामै काठमाडौं ललितपुर र कैलालीमा गरी २० जनामा हैजा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै यो दुई सातामै २० जनामा हैजा देखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ , गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिनसक्ने हुँदा सम्पूर्ण सरोकारवालाहरु सजग र सतर्क रहन अनि आवश्यक हुन्छ । पानी उमालेर तथा क्लोरिन राखेर शुद्धीकरण गरेर मात्र पिउन पनि विज्ञप्तिमा सबैलाई आग्रह गरिएको छ । हैजा अति तीब्र फैलिने संक्रामक झाडापखाला हो ।
यसको जीवाणुका कारण पातलो दिसा गइरहने, वान्ता हुने, कमजोरी महशुस हुने, आँखाको अगाडीको भाग दुख्ने, घाँटी सुख्खा हुने तथा जनवियोजन भई बिरामीको मृत्यु समेत हुने हुन्छ । दूषित पानी र दूषित खाना नै यसको मुख्य कारण भएकाले पानी र खानेकुरामा यो वर्षातको बेला अझ बढी ध्यान दिन जरुरी हुने मन्त्रालयले जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’