काठमाडौंमै भेटिए हैजाका तीन जना बिरामी
हेल्थ टिभी अनलाइन : काठमाडौंमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कालिमाटी क्षेत्रका तीनजनामा हैजा पुष्टि भएको हो ।
उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए । यसअघि ललितपुर र कैलालीमा केही दिन अघि हैजा पुष्टि भएको थियो । हैजा फोहोर तथा दूषित पानी तथा खानाबाट लाग्ने गर्छ । हैजाका लक्षणहरुमा पातलो दिसा हुने, वान्ता हुने, कमजोर महसुुस हुने, पिसाबमा कमी आउने, आँखा गाडिने, ओठमुख सुख्खा हुने र बेशोस हुने हुन्छ ।
समयमै उपचार नपाएमा यसले मृत्यु समेत गराउँछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?