नेपाल क्यान्सर अस्पतालमा ‘हेड एण्ड नेक क्यान्सर’ दिवसमा एक दिने कार्यशाला
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व हेड एण्ड नेक क्यान्सर दिवसका अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
विश्वभर जुलाई २७ मा हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ । सोही अवसर पारेर अस्पतालले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा हेड एण्ड नेक क्यान्सर विशेषज्ञहरूको सहभागिता रहेको थियो । भारतको उक्त कार्यक्रममा राजीव गान्धी र अमृता अस्पतालका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले क्यान्सर उपचारको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले पछिलो समय नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको जानकारी दिए । यसैगरी अस्पतालका हेड एण्ड नेक अंकोलोजी विभागका प्रमुख डा प्रभातचन्द्र ठाकुरले टाउको र घाँटीको क्यान्सर उपचारको बारेमा आफ्नो अनुभव तथा विषयगत प्रस्तुति दिएका थिए।
कार्यक्रमको अध्यक्षता अम्रिता अस्पतालका डा सुब्रमनिया र नेपाल क्यान्नसर अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण