वीर अस्पतालले मनायो १३५ औं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन : नेपालको सबैभन्दा जेठो वीर अस्पतालले आफनो १३५ औं वार्षिकोत्सव मनाएको छ । शनिबार वीर अस्पतालमा एक विशेष कार्यक्रमकाबीच अस्पतालले आफ्नो स्थापना दिवस अर्थात वार्षिकोत्सव मनाएको हो ।
१३५ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको यस अस्पताल अहिले मुलुककै ठूलो र सबैको भरपर्दो अस्पताल बन्न सफल भएको छ । अहिले ९६६ शैय्याको स्विकृतिसहित अस्पताल सञ्चालनमा आएको छ ।
वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बनेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवालाई जनतामुखी बनाउँदै यसको सेवालाई सबैको पहुँचमा पुग्ने गरी अझ प्रभावकारी बनाउन जरुरी रहेको बताए ।त्यसका लागि आफूले कस्तो सहयोग गर्नपर्छ तयार रहेको पनि उनले जिकीर गरे




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य