पोलियो रोगबाट बच्न खाेप अनिवार्य !
हेल्थ टिभी अनलाइन : पोलियो रोग लागिसकेपछि यसको खास उपचार छैन । त्यसैले यो रोग लाग्नै नदिन पोलियो विरुद्धको खोप नै सबैभन्दा राम्रो उपाय हो । त्यसैले जन्मेदेखि ५ वर्ष मूनिका आफना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोप पूर्ण मात्रामा दिनुपर्छ ।
साथै पोलियो खोपको विशेष अभियानहरुमा पनि थप मात्रा खोप दिन जरुरी हुन्छ । नेपाललाई १० वर्ष अघि नै पोलियोमुक्त भएको घोषणा गरिएको थियो । तर अहिले फेरि एकपटक वातावरणमा बागमती र टुकुचा खोलाको ढलमा पोलियोको जीवाणु फेला परेको छ । जसले गर्दा पोलियोको जोखिम हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियोको विशेष खोप अभियान सञ्चालन गरेको छ । यो अभियान साउन ९ गतेबाट सुरु भएर १२ गतेसम्म जारी रहने बताइएको छ ।
मन्त्रालयले पहिले पोलियोको थोपा खाइसकेका बालिबालिकालाई पनि यस चरणमा थप खोप लिन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले घर घरमा गएर यो खोप दिनेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण