सौर्य एयरलायन्सका पाइलट शाक्यको केएमसीमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन : आज बिहान दुर्घटनामा परेको सौर्य एयरलायन्सका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा आकस्मिक कक्षमा राखेर अब्जरबेसन गरेपछि उनलाई आइसीयूमा लगिएको अस्पतालले जनाएको छ । उनको शरीरभरी चोटपटक भए पनि जलन भने देखिएको छैन् । उनीसहित १९ जना सवार यात्रुमध्ये १८ जनाकै मृत्यु भइसकेको नेपाल नागरिक उड्यनन प्राधिकरणले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
सौर्य एयरलाइन्सका ९ एन–एएमई जहाज आज विहान ११ : ११ बजे विमानस्थलबाट टेकअफ हुने बित्तिकै २०० फिट माथि पुगेपछि अचानक सन्तुलन गुमाएर दुर्घटनामा परेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?