केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ
हेल्थ टिभी अनलाइन : केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ भएको छ।
केन्द्रीय कारागार अस्पतालका सेवाग्राही कैदीबन्दी तथा थुनुवाहरु र हिरासतमा रहेका थुनुवाहरुको न्याय सम्पादन र स्वास्थ्य उपचारमा सहयोग गर्नका लागि इइजी सेवाको शुभारम्भ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गरेका हुन् ।
सेवाको उदघाटन गर्दे उनले आपराधिक प्रवृत्ति, अपराध र अपराधीकणका सम्बन्ध केलाएर ती आपराधिक घटना हुनबाट जोगाउन मानसिक स्वास्थ्य एक अर्कासँग गहिरो रुपमा सम्बन्धित हुने भएकाले यो सेवा प्रभावकारी बन्ने बताए। कारागारमा रहेका व्यक्ति जसलाई विभिन्न प्रकारका मानसिक रोग लागेको हुन्छ तिनलाई निदान गर्न यो प्रयोग गर्ने गरिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?