पोलियो मुक्त घोषणा भएको १० वर्षपछि काठमाडौंको ढलमा देखियो पोलियोको जीवाणु
विशेष खोप अभियान चलाउँदै सरकार
हेल्थ टिभी अनलाइन : काठमाडौंकाे बागमती र टुकुचाको संगमबाट लिइएकाे ढलकाे नमुनामा पहिलाेपटक पोलियोको जीवाणु फेला परेको छ ।
नियमित परीक्षण गर्ने क्रममा टुकुचा र बागमतीमा मिसिएको ढलमा पोलियोको जीवाणु फेला परेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्। सन् २०१० यता नेपालमा पोलियोकाे केश देखिएकाे थिएन । देश पोलियो मुक्त घोषणा भएको भए पनि अहिले आएर वातावरणमा पोलियोको जीवाणु भेटिएपछि परिवार कल्याण महाशाखाले आज आकस्मिक पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।
सो कार्यक्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले जेठ १३ गते काठमाडौंको बागमती र टुकुचाको संगमबाट ढलको पानीको नमुना लिएर परीक्षणमा पठाइएकोमा उक्त नमुनामध्ये एउटा नमुनामा पोलियोको जीवाणु भेटिएको बताए । उनले भने, ‘यो व्यक्तिमा भेटिएकाे होइन, त्यसैले आत्तिहाल्नु पर्दैन । तर वातावरणमा यसको जीवाणु देखिँदा सतर्कता भने अपनाउनपर्ने भएको हो ।’
उता डा गाैतमले जीवाणु म्युटेट भएर आएको देखिएकोले यो धेरैतिर फैलिन नपाओस भनेर तुरुन्त प्रभावित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यही ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । यो अभियानमा ५ वर्ष मूनिका सबै बालबालिकालाई पोलियो खाप दिइनेछ । उनका अनुसार सरकारले सन् २०१७ देखि नियमित रुपमा यसरी ढलहरुबाट नमुना परीक्षण गर्दै आइरहेको थियो । उनले त्यसपछि लिइएका नमुनामा भने जीवाणु नभेटिएको पनि जनाए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’