Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एन्टीमाइक्रोबियल रेसिस्टेन्सबारे जनचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण

एएमआरबारे मिडिया टुलकिट सार्वजनिक

एन्टीमाइक्रोबियल रेसिस्टेन्सबारे जनचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्स एएमआर बारे जनचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

एएमआर मिडिया टुलकिट सार्वजनिक कार्यक्रममा सीएनएसकी म्यानेजिङ एडिटर तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी संयोजक शोभा शुक्लाले एएमआरबारे जनचेतना जगाउन मिडियालाई पनि सहभागी गराउन आवश्यक रहेको बताइकी छिन् । उनले एएमआर एक जना व्यक्ति वा समूहको मात्र समस्या नभएर यो सबैको साझा समस्या र चुनौती भएकाले सबैको हातेमालोबाट मात्र यसलाई सामना गर्न सकिने बताइन । त्यसका लागि आम नागरिकमा जनचेतना जगाएर औषधिको जथाभावी र आफूखुशी प्रयोग नगर्न ठूलो भूमिका मिडियाले खेल्न सक्ने बताइन ।

फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन अफ द युनाइटेड नेसन, विश्व स्वास्थ्य संगठन, युनाइटेड नेसन इन्भारामेन्ट प्रोग्राम र वल्र्ड हेल्थ अर्गनाइजेशन फर एनिमल हेल्थले कार्यक्रममको आयोजना गरेका हुन् । कार्यक्रममा वल्र्ड हेल्थ अर्गनाइजेशनकी एएमआर टेक्निकल एडभाइजर मिमि मेलिस ब्रेवेरले मिडिया टुलकिट सञ्चारकर्मीका लागि निकै उपयोगी हुने बताइन । उनले अंग्रेजीमा मात्र रहेको टुलकिट आगामी दिनमा विभिन्न भाषामा प्रकाशित गर्ने समेत जनाइन ।

यसैगरी डा फिलिप म्याथुले एएमआरबारे जानकारी बढी दिनका लागि मिडिया नै सबैभन्दा उपयोगी माध्यम भएकाले उनीहरुले पनि बुझ्ने गरी टुलकिट बनाइएको र यसले सही सूचना सम्प्रेषण गर्न सजिलो हुने जिकीर गरे । यसैगरी सञ्चारकर्मी मिसबा खानले मिडियासँग धेरै विषयवस्तु छाप्नका लागि र प्रकाशन गर्नका लागि भए पनि अब एएमआर पनि एउटा महन्वपूर्ण विषय हो भनेर प्राथमिकतका साथ छाप्ने बेला भएको बताए । उनले मिडियाले आज छापेका विषयवस्तु भोलिका लागि ऐतिहासिक दस्तावेज बन्ने पनि उनले जिकीर गरे । यूएन इन्भारामेन्ट प्रोग्रामकी डिजिटल स्ट्राटेजी चिफ न्यान्सीले मिडियाको इन्गेजम्न्ट एएमआर सचेतना जगाउन महत्वपूर्ण हुने भन्दै उनीहरुलाई सँगसँगै लाने मात्र नभएर यसबारे अझ बढी ज्ञान दिन पनि जरुरी रहेको बताइन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार