नेपाल क्यान्सर अस्पतालको साधारणसभा सम्पन्न, शेयर धनीलाई १०.५ % नगद लाभांश
हेल्थ टिभी अनलाइन : ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
अस्पताल निजी कम्पनीबाट सामुदायिक कम्पनीमा परिणत भएपश्चात शनिबार कम्पनीका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा दोस्रो साधारणसभा बैठक बसेको हो ।
बैठकमा कम्पनीका ५० भन्दा बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९\ ८० को प्रतिवेदन, आव २०७९\ ८० को लेखा परिक्षण प्रतिवेदन, आव ०८१\८२ का लागि लेखा परिक्षक नियुक्ति र आव २०७९\८० को नाफाबाट शेयर धनीहरुलाई १०.५ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?