वर्षातको समयमा देखिने रोगहरुबाट कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन : वर्षातको समयमा विशेष गरी पानीजन्य रोगहरुले सताउने गर्छन । त्यसमा पनि बालबालिका तथा सुत्केरी महिलाहरु बढी जोखिममा हुन्छन ।
यो बेला पिउने पानी, खानेकुरा र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । वर्षातको समयमा झाडापखाला, हैजा, आउँ, टाइफाइड, जन्डिस तथा रुघाखोकीको बढी जोखिम हुन्छ । यो बेला वर्षातका कारण पानी दूषित हुने हुँदा उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । यसैगरी यो बेला खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । बासी तथा नपाकेका खानेकुरा खान हुँदैन । घरायसी फोहोरलाई पनि जथाभावी नफाली राम्ररी डिस्पोज गर्ने गर्नुपर्छ ।
आफनो वरपर पानी जम्न नदिएर डेंगुको जोखिमबाट पनि जोगिनुपर्छ । यसरी स सानो कुरामा आफैले ध्यान दिन सके पानीजन्य रोगबाट जोगिन सकिन्छ । तर यदि पानीजन्य रोग लागेको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?