बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा
हेल्थ टिभी अनलाइन : बागमती प्रदेश सरकारबाट स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
उनी सहितका एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् । २० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए ।
४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर पर्न थालेको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?