कान्तिपुर डेन्टल कलेजमा न्युरोमस्कुलर डेन्टिस्ट्री विभागको स्थापना
हेल्थ टिभी अनलाइन : कान्तिपुर डेन्टल कलेज बसुन्धरामा न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग स्थापना भएको छ। न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग नेपालमा पहिलो पटक सुरु भएकाे हो।
न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले टेम्पोरोमन्डिबुलर जोइनु टिएमजे अर्थात अनुहारको हाड जोर्नीको समस्या, घुर्ने समस्या, टाउको तथा अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृती नमिलेको समस्या खेलकुदका कारण दाँतमा हुने समस्या लागि बिना शल्यक्रिया वा शल्यक्रियाद्वारा उपचार गर्ने छ।
यस विभागमा न्यूरोमस्कुलर डेन्टिष्ट्री, क्रेनियोफेसियल सर्जरी, नाक कान घाँटी, स्लिप मेडिसिन, न्यूरोलोजी, अर्थोडोन्टिक्स लगायत अन्य दन्त सेवाका विभागहरुको सहकार्य रहने बताइएको छ ।
ईन्टरनेशनल कलेज अफ कार्नियो मन्डिबुलर अर्थोपेडिक ९ईक्मो०का फेलो तथा राइट बाइटका संस्थापक डा राजेश रविन्दनाथनले नेपालमा यो नयाँ बिधाको शुरुवातले बिरामीका बिभिन्न कारण अनुहारको आकृति नमिलेको, दुखाई लगायतका समास्याबाट मुक्ति पाउने विश्वास लिएको बताए। यसैगरी कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु विभागिय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्सा शास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौं विधाको रुपमा यो विभाग स्थापना गरिएको जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’