नेपाल क्यान्सर अस्पतालमा प्रभु बैंकका कर्मचारीले उपचारमा छुट पाउने
हेल्थ टिभी अनलाइन : प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ । ललितपुरको हरिसिद्धिस्थित उक्त हस्पिटलमा प्रभु बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।
उक्त अवसरमा नेपाल क्यान्सर अस्पतालमा कार्यरत डाक्टर डा प्रफुल्ल शाक्यले स्तन क्यान्सर सम्बन्धी र डा अनु बज्राचार्यले पाठेघर को क्यान्सर सम्बन्धी जनचेतनामूलक प्रस्तुति दिएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?