डा किरणराज शर्माको ६५ वर्षको उमेरमा निधन
हेल्थ टिभी अनलाइन : वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा किरणराज शर्माको निधन भएको छ ।
सोमबार विहान सिभिल अस्पतालमा उपचार क्रममा डा शर्माको निधन भएको हो । ६५ वर्षीय शर्मा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । परोपकार प्रसुति गृहमा लामो समय सेवा गरेका एनेस्थेसियोलोजिष्ट डा शर्मा १० औं तहबाट अवकास पाएका थिए । डा शर्मा असमायिक निधनबाट नेपाल चिकित्सक संघले स्तब्ध भएको जनाएको छ ।
संघका महासचिव डा सन्जिव तिवारीले जारी गरेको विज्ञप्तीमा डा शर्माले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पु¥याएको योगदानलाई स्मरण गरिएको छ । ‘इमान्दार, लगनशील तथा वरिष्ठ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको छ,’ संघले भनेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?