सामान्य स्वास्थ्य समस्यामा पनि एन्टीबायोटिकको प्रयोग गर्नु घातक
हेल्थ टिभी अनलाइन : सबै खालका र सामान्य स्वास्थ्य समस्यामा पनि एकैपटक आफूखुशी एन्टीबायोटिकको प्रयोग गर्नु घातक हुने विज्ञको भनाई छ । दिल्लीको डिपार्टमेन्ट अफ न्यूरोसाइकोफार्माकोलोजी इन्स्टिच्युट अफ ह्युमन विहेबियर एण्ड अलाइन साइन्सेसकी प्रमुख प्रोफेसर डा संगिता शर्माले सीएनएसकी म्यानेजिङ एडिटर शोभा शुक्लासँग पोडकास्टमा कुराकानी गर्दै एन्टीबायोटिकको आफखुशी प्रयोग घातक बन्दै गएको बताएकी हुन् ।
डा शर्माले एन्टीबायोटिकको प्रयोगबारे विद्यार्थी, शिक्षक शिक्षिकादेखि समाजका सबै व्यक्तिलाई सचेत गराउन आवश्यक रहेको जिकीर गरिन्। जबसम्म एन्टीबायोटिक जथाभावी प्रयोग गर्नु भोलि घातक हुन्छ भन्ने कुरा बुझाउन सकिंदैन तबसम्म समस्या कम हुन नसक्ने उनको भनाई थियो ।
डा शर्माले एन्टीबायोटिकको प्रयोग भन्दा पहिले रोगको सही पहिचान हुन जरुरी रहेको समेत उल्लेख गरिन्। उनले भनिन, सुरुमा त रोग वा समस्या केहो त्यो सही समयमा र सही तरिकाबाट पत्ता लाग्नुपर्छ अनि मात्र उपचार र औषधिको कुरा आउँछ । उनले सही पहिचान हुन नसक्दा पनि बिरामीमा गलत औषधि प्रयोग हुने भन्दै निदानमा पनि ध्यान दिन आवश्यक रहेको बताइन । उनले कोभिड समयमा समस्या एकैपटक देखिंदा धेरै जनामा आवश्यक नै नरहेको बिरामीमा पनि एन्टीबायोटिकको प्रयोग गरिएको भन्दै त्यसले अहिले केही समस्याहरु देखा पर्न थालेको बताइन् ।
उनले अस्पतालबाट भन्दा पनि ८० प्रतिशत एन्टीबायोटिकको प्रयोग ओभर र काउन्टर हुने भएकाले सर्वसाधारणलाई यसबारे सही शिक्षा दिन जरुरी रहेको बताइन । उनले आफूहरुले २ वर्षदेखि एन्टीमाइक्रोबियल बारे मास क्याम्पियनका रुपमा दिल्लीका विद्यालयका शिक्षक शिक्षिकालाई तालिम दिन सुरु गरेको जानकारी दिइन ।
उनले शिक्षक शिक्षिकालाई ३ महिनाको एएमआर सम्बन्धी टार्गेटेड अनलाइन कोर्ष पनि गराइरहेको समेत जनाइन् । डा शर्माले एकजना शिक्षकलाई तालिम दिंदा हजारौं विद्यार्थीलाई उक्त सूचना जानकारी हुने हुँदा आफूहरुले उनीहरुलाई सचेत गराउन तालिम दिन आवश्यक ठानेर कार्यक्रम सुरु गरेको बताइन । जुन तालिम असाध्यै प्रभावकारी भएको समेत उनले जनाइन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’