आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन : आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । अन्य संघ संस्थाले पनि विभिन्न योग अभ्यास लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।
स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ । मानसिक र शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिएको योगप्रति मानिसहरूलाई जागरूक बनाउन प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन लागिएको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?