६९ जिल्लामा फैलियो डेंगी संक्रमण
हेल्थ टिभी अनलाइन : नेपालमा ६९ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का अनुसार सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगी संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९ र कोशी प्रदेशमा २६४ जनामा डंगी पुष्टि भएको छ ।
मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला अन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगी संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगी पुष्टि भएको छ ।
मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी नभएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । वर्षा सुरु हुनासाथ डेंगीको संक्रमण अझ बढी देखिने गर्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य