राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं सफल कलेजो प्रत्यारोपण, यो वर्ष मात्र १५ जनाले लिए सेवा
मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा पनि अब्बल बन्दै
हेल्थ टिभी अनलाइन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण सफल भएको छ । मिर्गौला प्रत्यारोपणमा अग्रणी केन्द्र अब कलेजो प्रत्यारोपणमा पनि अब्बल हुँदै गएको छ ।
बुधबार कलेजो प्रत्यारोपण गरेका निजगढ बाराका ५४ वर्षीय बद्रीप्रसाद चौलागाइँ प्रत्यारोपण भएको १० दिनमा सकुशल डिस्चार्ज भएसँगै केन्द्रमा कलेजो प्रत्यारोपण गर्नेको संख्या २५ पुगेको हो । उनलाई उनकी श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी हुन्।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा यस वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ । यस केन्द्रमा हुने कलेजो प्रत्यारोपणमा लाग्ने शुल्क विश्वमै सबैभन्दा न्यून रहेको केन्द्रका निर्देशक समेत रहेका डा श्रेष्ठको भनाई छ ।
डा श्रेष्ठका अनुसार केन्द्र स्थापना भएको १२ वर्षमै देशमै सबैभन्दा धेरै १ हजार २४८ जनाको मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’