सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दै डा बमलाई इन्डोनेशिया सरकारद्धारा अवार्ड
हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दै डा तारा सिंह बमलाई इन्डोनेशिया सरकारले अवार्ड प्रदान गरेको छ ।
इन्डोनेशियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा बमलाई अवार्ड प्रदान गरेका हुन् । १७ वर्षदेखि लगातार इन्डोनेशिया तथा विश्वमै सुर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा बमलाई उक्त अवार्ड प्रदान गरिएको हो । डा बमले सुर्तीजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् ।
डा बम यसअघि लामो समय इन्टरनेशनल यूनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एशिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए भने हाल भाइटल स्टार्टेजी नामक संस्थामा टोबाको कन्ट्रोल कार्यक्रमका एशिया प्यासिफिक डाइरेक्टर छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?