एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो स्वास्थ्य चुनौती बन्दै
प्रत्येक २ मिनेटमा एक जनाको एन्टिमाइक्रोबियल रेसिस्टेन्सकाे कारण मृत्यु
हेल्थ टिभी अनलाइन : एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो चुनौती बन्दै गएको भन्दै यसमा तुरुन्त एक्सन चाल्न विज्ञहरुले सुझाव दिएका छन् । ७७ औं विश्व वल्र्र्ड हेल्थ एसेम्बलीमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले एन्टीमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो चुनौतीको रुपमा देखा परेको भन्दै असामयिक मृत्युमध्ये अहिले यो एक प्रमुख कारण बनेको बताए । उनले विश्वमा अहिले प्रत्येक एक मिनेटमा २ जनाको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण मृत्यु हुने गरेको समेत जानकारी दिए ।
यसैगरी लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका ग्लोबल हेल्थ प्रोफेसर डा पिटर पायटले स्वास्थ्यको क्षेत्रमा हालसम्म भइरहेको प्रगतिमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सले आँधीतुफान ल्याएको र यसले अझ बढी खराब गर्ने संकेत देखाएको बताए । उनले समयमै काम गर्न नसके पछुताउन पर्ने समेत बताए ।
सिनिअर एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइन्टिस्ट डा कामिनी वालियाले कम आयस्रोत भएका देशहरुमा अझ बढी एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या देखिएको र जसले गर्दा बिरामीको मृत्युदर पनि सोही देशहरुमा बढी भएको बताइन । डा वालियाले समस्या भएपछि समाधानका लागि धेरै कामहरु गर्नं सकिने भन्दै त्यसका लागि हाइ लेबलको कमिटमेन्ट चाहिनेमा जोड दिइन । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम गर्न अस्पतालको क्षमता बढाउने, लगानी बढाउने तथा यसलाई प्राथमिकतामा राखेर काम गरेमा समस्या कम गर्दै लान सकिनेमा जोड दिइन । उनले अस्पतालको इन्फेक्सन कन्ट्रोलमा मुख्य ध्यान दिन आवश्यक रहेको समेत जिकीर गरिन । यसैगरी उता डा पिटर पायटले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा युवाहरुलाई सलंग्न गराउनुपर्नेमा जोड दिए । यसक्रममा वान हेल्थ ट्रस्टका डा रमानन लक्ष्मीनारायणले एन्टीमाइक्रोबियल समस्या कम गर्न वान हेल्थ अप्रोच अपनाउन जरुरी रहेको बताए । उनले भने, हाम्रो स्वास्थ्य एनिमल, खाना तथा वातावरणमा सिधै जोडिएको छ । त्यसैले यी सबैमा एन्टीबायोटिकको प्रयोग हुँदा सिधै असर मानव जीवनमा पर्छ । अब यी कुरालाई पनि ध्यानमा राखेर समाधान खोज्नुपर्छ ।
यही सेप्टेम्बरमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी यूएन हाइ लेबल मिटिङ हुँदैछ । यूनएएचएलएम नाम दिइएको सो मिटिङमा यो कुरालाई समेटेर के कसरी एन्टिमाइक्रोबियल रेसिस्टेन्सको महामारीलाई रोक्न पहल गर्न सकिन्छ भन्ने बहस गर्दै समाधानका उपाय निकाल्न विज्ञहरुको सुझाव छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स त्यस्तो गम्भीर स्वास्थ्य समस्या हो जुन एन्टीबोयोटिकको बढी प्रयोग तथा गलत प्रयोगका कारण आउने गर्छ । जसले औषधिको प्रभावकारिता कम गर्दै गएर संक्रमणमा औषधिले काम गर्न छोडेर बिरामी निको हुन बढी समय लाग्ने तथा बिरामीको मृत्यु समेत हुने डा थोमस जोसेफले जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’