सातौं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको वाकाथन
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो सातौं वार्षिकोत्सवको अवसर पारेर वाकाथन कार्यक्रम गरेको छ ।
शनिबार बिहान क्यान्सर सचेतनासम्बन्धी विभिन्न प्लेकार्ड बोकेर चिकित्सक, कर्मचारी तथा क्यान्सर सर्भाइभरहरु ललितपुरको लगनखेल पुल्चोक हुँदै जावलाखेलसम्म वाकाथन पदयात्रा गरेका थिए ।
यसैगरी सो क्रममा नेपालीको क्यान्सर उपचार नेपालमै, समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश दिंदै अस्पतालका चिकित्सक, कर्मचारी तथा सर्भाइभरले नृत्यसमेत प्रस्तुत गरेका थिए ।
अस्पतालले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा साताभर नै विभिन्न खालका कार्यक्रम गर्दै आएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?