सुर्तीजन्य पदार्थमा कर बढाइने
हेल्थ टिभी अनलाइन : सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१ \८२ को बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले सुर्तीजन्य पदार्थ तथा मदिरामा लाग्दै आएको करको दरमा वृद्धि गरिने जनाएका हुन्। करको दर कति प्रतिशतले बढाइनेछ भन्ने उनले वक्तब्यमा खुलाएनन् ।
नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने देशमा पर्छ । करको दर कम भएकै कारण नेपालमा चुरोटको मूल्य विश्वकै तुलनामा सबैभन्दा कम छ । हाल नेपालमा ३३ प्रतिशतको हाराहारीमा मात्र करको दर रहेको छ । जबकी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको करको दर नै ७५ प्रतिशत छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण