स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
हेल्थ टिभी अनलाइन : उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले राजीनामा बुझाएका हुन्। अहिलेको बदलिएको परिस्थिती अनुसार आफूले सरकार छाड्न उचित लागेर पदबाट राजिनामा दिएको उनले जनाएका छन्। यादवसँगै उनको पार्टीबाट सरकारमा रहेका वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादव गत २७ फागुनमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएका थिए ।
सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्ने निर्देशिका कार्यान्वयनमा उद्योग मन्त्रालयको अवरोधप्रति चिकित्सक संघको आपत्ति
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार
अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल
काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह