ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ईलेक्ट्रोनिक सिगरेट (ई सिगरेट) को आयात, उत्पादन, बिक्री वितरण, उपभोगलाई रोक्न भन्सार विभाग लगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले वैशाख १७ गते पठाएको पत्रमा भनिएको छ, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि ई सिगरेट को उत्पादन, आयात, बिक्री वितरण सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा उपभोग र संचार माध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न नपाइने भन्ने व्यवस्था भएकाले सो व्यवस्थाको कार्यान्वयनको लागि सबैलाई अनुरोध गरिन्छ ।;
निर्देशिकामा कसैले पनि ई सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख भए पनि बजारमा ई सिगरेट खुलेआम आयात तथा बिक्री वितरण भइरहेको पाइन्छ ।
सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्यले सरोकारवालाको ध्यानाकर्षण गराएको हो । स्वास्थ्यले पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई समेत पठाएको छ।
गर्मीमा पुदिना खानुका फाइदा
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल