नयाँ वर्षमा ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद कार्यक्रम गर्दै ह्याम्स अस्पताल
हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा भएका विभिन्न किसिमका समस्या तथा चुनौतीहरुका बारेमा नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर यही चैत्र ३० गते संवाद श्रृङ्खला–१ नाम दिइएको “स्वास्थ्य सबैको सरोकार” कार्यक्रमको आयोजना गर्न लागेको हो।
उक्त कार्यक्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक रहेको महशुस गरी संवाद संचालन गर्न लागेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए। अध्यक्ष भण्डारीका अनुसार यो कार्यक्रम जनस्वास्थ्यका बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्यले सम्बन्धित क्षेत्रका विज्ञ,सरोकारवाला निकाय तथा सांसदहरु सम्मिलित संवाद कार्यक्रम हुनेछ ।
कार्यक्रमको पहिलो सत्रमा ‘भेप ई–सिगरेट : बढ्दो गंभीर स्वास्थ्य चुनौती’ विषय प्यानल संवादमा प्रतिनिधि सभाका सांसदहरु, त्यसैगरी दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ विषय र
तेस्रो सत्रमा पहिलो र दोस्रो सत्रको सारांश र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको मन्तव्य रहने अस्पतालले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य