स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरी : राष्ट्रपति पौडेल
हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनुपर्ने बताएका छन् ।
बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा विशेष गरी नसर्ने रोग, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य लगायतका विषयमा परिषद्ले गरेका अनुसन्धानले स्वास्थ्य क्षेत्रको नीति, कार्ययोजना तथा रणनीति बनाउन सहयोग पुगेको भन्दै परिषद्ले गरेको कामको प्रशंसा गरे ।
उनले पलायन हुन खोजिरहेको युवा तथा नयाँ अनुसन्धानकर्ताहरुलाई अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा पनि जोड दिए । यसका साथै परिषद्ले गरेका अनुसन्धानलाई विभिन्न निकायसँग सहकार्य गरी व्यवहारिक रुपमा लागु गर्नुपर्नेमा पनि उनको जोड थियो ।
राष्ट्रपति पौडेलले खोज र अनुसन्धानमा आधारित नीति तथा कार्यक्रमले मात्र देश विकासतर्फ लम्कने भन्दै यो क्षेत्रमा लगानी र प्राथमिकताको अझ बढी आवश्यक भएको जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण