स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलन सुरु, राष्ट्रपतिद्धारा उद्घाटन
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आजबाट सुरु भएको छ ।
सम्मलेनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्। तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा छलफल हुनेछ । त्यसका लागि एक हजारभन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी हुने परिषद्ले जनाएको छ ।
परिषद्ले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर शिखर सम्मेलन गर्दै आएको छ । यो दशौं संस्करण हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?