आगलागीका कारण क्यान्सर अस्पतालको सिटी स्क्यान, भिडियो एक्सरे लगायतका सेवा अवरुद्ध
हेल्थ टिभी अनलाइन : आइतबार भएको आगलागीका कारण बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान, भिडियो एक्सरे, ब्राकाथेरापी, एक्सरे लगायतका सेवा अवरुद्ध भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रकाश प्रसाद शाहले आज एक सूचना जारी गर्दै आइतबार रेडियोलोजी विभागमा आगलागी भएर क्षति भएका कारण केही समयका लागि यी सेवा अवरुद्ध हुन पुगेको जनाएका छन् ।
अस्पतालमा आइतबार साँझ एक्कासी रेडियोलोजी विभाग भएको भवनमा आगलागी भएको थियो । जसले गर्दा सिटी स्क्यान, भिडियो एक्सरे लगायतका मेशिनमा ठूलो क्षति पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?