Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

हेल्थ टिभी अनलाइन :  बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । आइतबार साँझ एक्कासी रेडियोलोजी विभाग रहेको भवनमा आगोको धुवाँ देखिएको हो ।

अस्पतालका निर्देशक डा प्रकाश शाहले अस्पतालको रेडियोलोजी विभाग भएको भवनमा आगलागी भएको जानकारी दिए । उनले अहिले सबैको प्रयासमा आगो नियन्त्रणमा आएको र मानवीय क्षति नभएको पनि जिकीर गरे । आगलागी विद्युत सर्ट भएर हुनसक्ने बताइएको छ । सिटी स्क्यान मेशिन लगायतका उपकरणहरुमा क्षति भएको भए पनि सबै क्षतिको विवरण भने आइनसकेकाे पनि उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार