सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी
हेल्थ टिभी अनलाइन : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । आइतबार साँझ एक्कासी रेडियोलोजी विभाग रहेको भवनमा आगोको धुवाँ देखिएको हो ।
अस्पतालका निर्देशक डा प्रकाश शाहले अस्पतालको रेडियोलोजी विभाग भएको भवनमा आगलागी भएको जानकारी दिए । उनले अहिले सबैको प्रयासमा आगो नियन्त्रणमा आएको र मानवीय क्षति नभएको पनि जिकीर गरे । आगलागी विद्युत सर्ट भएर हुनसक्ने बताइएको छ । सिटी स्क्यान मेशिन लगायतका उपकरणहरुमा क्षति भएको भए पनि सबै क्षतिको विवरण भने आइनसकेकाे पनि उनले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?