झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
हेल्थ टिभी अनलाइन : सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
न्यायाधीशहरू डा कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।
उक्त मेकिडल कलेज दुर्गा प्रसाईको हो । प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?