Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालद्वारा एक सय बढी व्यक्तिलाई सम्मान

नेपाल क्यान्सर अस्पतालद्वारा एक सय बढी व्यक्तिलाई सम्मान

हेल्थ टिभी अनलाइन : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले एक सय भन्दा बढी महिला र पुरुषलाई सम्मान गरेको छ ।

दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराइराखेका र निको भइसकेकाको साथै उनीहरुको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी सयभन्दा बढी पुरुष र महिलाहरुलाई सम्मान गरिएको हो ।

क्यान्सरको उपचार गराइराखेका र क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको ४५ औँ भेटघाट’को कार्यक्रममा अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले एक सय जनालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

सम्मानित हुने पुरुषहरुमा सो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठदेखि सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा मुरारीमान श्रेष्ठ, आइटी विभाग प्रमुख डा दीपक यात्री,नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशाङ्क शर्मा, पत्रकार बलराम प्यासीलगायत नर्स र क्यान्सर सर्भाइभरहरु थिए ।

नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले नेपाल क्यान्सर अस्पतालसाग सहकार्य गर्दै विगत १३ वर्षदेखि विपन्न क्यान्सर विरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाईदिनुका साथै मुलुकका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लगेर निःशुल्क क्यान्सर शिविर र जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

उनीहरुले क्यान्सरका बिरामीलाई समयमै उपचारमा ल्याउन क्यान्सरबारे देशव्यापीरुपमा जनचेतना फैलाउनुपर्ने बताउँदै महिलाहरुले आफ्नो स्वास्थ्यमा चासो राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा कविता वाचन तथा गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि