मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउन वाकाथन
हेल्थ टिभी अनलाइन : मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउन काठमाडौंमा वाकाथन गरिएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा मिर्गौला रोगकाबारेमा बेलैमा सचेत हुन जोड दिंदै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गौला उपचार केन्द्र, त्रिवि शिक्षण अस्पताल लगायतका संघसंस्थाले बिहिबार संयुक्त रुपमा वाकाथन कार्यक्रम गरेका हुन्। रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको वाकाथन, त्रिपुरेश्वर हुँदै दशरथ रंगशालामा आएर टुंगिएको थियो।
वाकाथनमा मिर्गौला रोग विशेषज्ञ, मिर्गौलाका बिरामी, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिति थियो। वाकाथनमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेत, पूर्व मुख्य सचिव लिलामणी पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह लगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?