Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फर्मा एक्स्पोमा उत्साहका साथ सहभागी हुन सबैमा आग्रह

फर्मा एक्स्पोमा उत्साहका साथ सहभागी हुन सबैमा आग्रह

हेल्थ टिभी अनलाइन : नेपाल फर्मा एक्स्पो–२०२४ मा औषधिबारे बृहत जानकारी दिने भएकोले सवैले अवलोकन गर्नुपर्ने बताइएको छ । औषधिसँग सरोकार राख्ने सवैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि हुन थालेको फर्मा एक्स्पो सवैले अवलोकन गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले एक्स्पोमा उत्साहका साथ सहभागी जनाएर सफल बनाउनुपर्नेमा जोड दिए । उनले एक्स्पो स्वदेश औषधि उद्योग र औषधिको प्रवद्र्धन गर्ने अवसर रहेको बताए । ‘दैनिक देखिरहेका औषधि के कसरी बन्दछन् । ति औषधिका प्रक्रिया के हुन्छन् भन्ने कुराको ज्ञान र सिक्ने जान्ने मौका पनि एक्स्पोमा पाइन्छ” उनले भने, “त्यसैले चिकित्सक, औषधि पसलदेखि सर्वसाधारण सवैले एक्स्पोमा गएर नेपाली औषधिबारे जानकारी लिनुपर्दछ । उनले औषधि लेख्ने चिकित्सकहरु, औषधि बनाउने र वेच्नेहरु तथा फर्मासिस्टहरुको लागि एक्स्पो अन्तरक्रियाको थलोको रुपमा रहेको बताए ।

उनले कुनै वेला साधारण सिटामोल र जिवनजल बन्ने नेपालमा अहिले क्यान्सर, थाइराइड, मुटु कलेजो जस्ता विशिष्ट रोगको औषधि नेपालमा बनिरहेको बताए । उनले नयाँ नयाँ औषधिको विकासमा हामी चिकित्सकहरुको ठूलो टेवा रहेको भनाइ राखे । नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्थले एुक्स्पो नेपाली औषधि उत्पादन के प्रविधि नेपालमा भित्रिरहेको छ भन्ने कुराको जानकारी दिलाउने बताए ।

‘हामी कस्तो प्रविधि अपनाएर औषधिको गुणस्तर बनाउँछौ । भन्ने कुरा हामीले एक्स्पोबाट सिक्ने छौ,” उनले भने, “त्यसैले सवैले एक्स्पोमा गएर नेपाली औषधिको बारे बुझ्नका लागि अवलोकन गर्न जाऔं ।’

उनले धेरै नयाँ नयाँ फर्मास्युटिकल कम्पनी पाइपलाइनमा रहेको भन्दै ति नयाँ कम्पनी नयाँ प्रविधिका साथ बजारमा आउनुपर्ने भनाई राखे । सवै फर्मास्युटिकल कम्पनीका लागि प्लेटफर्म बनाएको भन्दै फर्मासिस्टले पनि औषधि बनाउन नयाँ प्रविधि के आएको छ त्यो कुराका जान्न आवश्यक रहेको उनी बताउँछन् । औषधि उद्योगमा मानिसहरुलाई प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो रहेको उनको भनाई रहेको छ ।

रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपाल ९केमसान०का अध्यक्ष भक्त हमालले औषधि उत्पादनमा प्रयोग हुने उपकरण र कच्चा पदार्थको वृहत प्रर्दशनीको रुपमा एक्स्पो रहेको बताए ।
उनले एक्स्पोले मुलुकको औषधि उत्पादनको क्षेत्रमा माइलस्टोनको रुपमा रहेको भन्दै एक्स्पो औषधि उद्योग र व्यवसायिले अवलोकन गर्नुपर्ने बताए । उनले एक्स्पोमा विदेशी कम्पनीले नेपालका औषधि कम्पनीलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने समेत बताए ।

नेपाल औषधी उत्पादक संघको आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ । एक्स्पोमा करिव ३० हजारले अवलोकन गर्ने बताइएको छ । नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । तिमध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि