Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दादुरा-रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरू

दादुरा-रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरू

हेल्थ टिभी अनलाइन :  सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । आजदेखि ७ चैत्रसम्म खोप अभियान संचालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ ।

खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य छ । बढी प्रभावित काठमाडौंसहित २१ वटा जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई खोप लगाइदैंछ भने अन्य जिल्लामा भने ८ महिनादेखि ५ वर्षमुनिका बालबालिकामा यो खोप लगाउन लागिएको हो । डा गौतमकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइदैंछ ।

काठमाडौं दादुरा–रुबेलाको अति सङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित भएका थिए र एक जनाको मृत्यु भएको थियो । यसअघि नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएकाले पनि यो खोप लगाउनुपर्ने उनको भनाइ छ । सरकारले सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि