Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयोजक भन्छन् : मेडिकल सिटी र राम्रो कनेक्टिभिटीले चितवनमा नै फर्मा एक्स्पो

आयोजक भन्छन् : मेडिकल सिटी र राम्रो कनेक्टिभिटीले चितवनमा नै फर्मा एक्स्पो

हेल्थ टिभी अनलाइन : मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा राम्रो कनेक्टिभिटी भएकाले फर्मा एक्स्पो पुनः चितवनमै गर्न लागिएको आयोजकहरुको भनाई छ । प्रत्येक दुई–दुई बर्षमा हुँदै आइरहेको नेपाल फर्मा एक्स्पो सातौंदेखि लगातार चितवनमा नै हुँदै आएको हो । यस पटकको नवौं एक्स्पो पनि चितवनमा नै यही फागुन २५ देखि २७ गतेसम्म हुँदैछ ।

एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेज सहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पतालहरु रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताए । उनले चितवन बुटवल–भैरहवा, वीरगञ्ज, पोखरा र काठमाण्डौं जस्ता नजिकका ठूला शहरबाट एकै दिन आउजाउ गर्न सकिने भएकाले एक्स्पो चितवनमा गर्न लागिएको बताए । संयोजक रुङ्गटाले भने,“चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ हो । यहाँ मेडिकल र प्राविधिक व्यक्तिहरुको उपस्थिति पनि राम्रो छ ।”

यो एक्स्पो प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्यूसन’ समेत भएको उनको भनाई छ । एक्स्पोका संयोजक रुङ्गटाले भने “एक्स्पोमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङहरुलाई तालिम हुन्छ । यहाँ सीपको आदान प्रदान गरिन्छ ।”

एक्स्पोका मिडिया संयोजक एवं संघका उपाध्यक्ष सन्तोष बरालले एक्स्पोमा रहेका १५० वटा स्टल बुक भईसकेको जानकारी दिंदै २० हजार हाराहारी प्राविधिले अवलोकन अनुमान गरिएको बताए। उनले भने, “एक्स्पोमा प्राविधिक सहित ठूलो संख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पो फलदायी हुने उनको भनाई छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधिहरु अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन पनि एक्स्पो आयोजना गरिएको बताए । उनले भने, “नेपालका औषधि कुनैपनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।” नेपाली औषधिहरु विदेशमा समेत निर्यात हुने गरेको भन्दै उहाँले विदेशीहरु समेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोमा आउने उनले जानकारी दिए ।

६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको नेपाली औद्योगिक उद्योगले गत आर्थिक वर्षमा २९ अर्ब रुपैयाँ मात्रैको कारोबार गरेको भन्दै प्रधानले भने “नेपाली उद्योगले नेपालको मागको ९० औषधि उत्पादन गर्न सक्छौं ।” हाल नेपाली उद्योगहरु ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको उनको भनाई छ । प्रधानले भने “नेपाली औषधि उद्योगलाई राज्यको प्रबद्र्धन र संरक्षणको खाँचो छ ।”

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि