Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न।

बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुनेछ। अस्पताल निर्माणका लागि सरकारले साडे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समयमै सम्पन्न हुनु पर्ने बताए । मन्त्री बस्नेतले निर्माण व्यबसायी समेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य सधै लागि रहेको दाबी गर्दै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने दाबी मन्त्री बस्नेतको छ। गोकरणेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका मेयर दीपक रिसाललाई धन्यवाद दिए ।  गोकर्णेश्वरमा मृगौलाका बिरामीको लागि डायलासिस सेवा सुरु गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गरे । नगर प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताए । निर्माण व्याबसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि