स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा जोशीले पदभार सम्हाले
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा प्रमोद जोशीले आजदेखि पदभार सम्हालेका छन्। परिषद् कार्यालयमा पुगी आज उनले पदभार सम्हालेका हुन्।
पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा सदस्यसचिव डा जोशीले परिषद्लाई नयाँ उचाईमा पुर्याउन सक्दो कोशिश गर्ने बताए । आगामी दिनमा बार्षिक योजना अनुसार परिषद्लाई अगाडि बढाउने उनको भनाई रहेको थियो । उनले परिषद्लाई यथास्थितिमा चलाउने वा फरक ढंगले चलाउने भन्नेमा छलफल गरेर अगाडि बढ्ने भन्दै परिषद्ले कर्मचारी र सम्बन्धित सवैसँग हातेमालो गरेर मात्र अगाडि बढ्ने समेत जानकारी दिए ।
परिषद्का निमित्त प्रशासकिय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले नवनियुक्त सदस्य सचिव डा जोशीलाई परिषद् परिवारमा स्वागत गर्दै कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए ।
परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण