Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा जोशीले पदभार सम्हाले

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा जोशीले पदभार सम्हाले

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा प्रमोद जोशीले आजदेखि पदभार सम्हालेका छन्। परिषद् कार्यालयमा पुगी आज उनले पदभार सम्हालेका हुन्।

पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा सदस्यसचिव डा जोशीले परिषद्लाई नयाँ उचाईमा पुर्याउन सक्दो कोशिश गर्ने बताए । आगामी दिनमा बार्षिक योजना अनुसार परिषद्लाई अगाडि बढाउने उनको भनाई रहेको थियो । उनले परिषद्लाई यथास्थितिमा चलाउने वा फरक ढंगले चलाउने भन्नेमा छलफल गरेर अगाडि बढ्ने भन्दै परिषद्ले कर्मचारी र सम्बन्धित सवैसँग हातेमालो गरेर मात्र अगाडि बढ्ने समेत जानकारी दिए ।

परिषद्का निमित्त प्रशासकिय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले नवनियुक्त सदस्य सचिव डा जोशीलाई परिषद् परिवारमा स्वागत गर्दै कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए ।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्व स्वास्थ्य दिवस मनाइँदै

विश्व स्वास्थ्य दिवस मनाइँदै