स्पार्क अस्पतालले हाडजोर्नी तथा नशासम्बन्धी नि:शुल्क शिविर गर्दै
हेल्थ टिभी अनलाइन : काठमाडौंको कालिमाटीमा रहेको देशकै पुरानो प्राकृतिक चिकित्सा सम्बन्धी स्पार्क हेल्थ होम अस्पतालले हाडजोर्नी तथा नशा सम्बन्धी नि:शुल्क शिविर गर्ने भएको छ ।
अस्पतालको ३२ औं वार्षिकोत्सवको अवसर पारेर यही फागुण ११ गते शुक्रबार एक दिने निशुल्क शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शिविरमा पक्षघात, हड्डी खिइएको, नशा च्यापिएको, बाथ घुँडा, जोर्नी दुख्ने लगायतका रोगमा नि:शुल्क परीक्षण गरिनेछ भने अन्य जाँचहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । शिविर बिहान ९ बजेदेखि ४ बजेसम्म रहनेछ । रक्तदान कार्यक्रम भने बिहान ९ देखि १ बजेसम्म मात्र चल्ने जनाइएको छ ।
अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको दिन आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क शिविर गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?