Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सूर्ति कम्पनीको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको आपत्ति

सूर्ति कम्पनीको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको आपत्ति

हेल्थ टिभी अनलाइन : पोखरामा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ मा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको प्रायोजनप्रति नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले आपत्ति जनाएका छन्।

प्रतिष्ठानका अध्यक्ष डा जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

सूर्तिजन्य पदार्थ उत्पादन गर्ने सूर्य नेपाल पोखरामा यही फागुन ३ देखि ७ गतेसम्म हुन लागेको साहित्यक सम्मेलनमा मुख्य प्रायोजक रहेको छ । जबकी सुर्ति उत्पादन गर्ने कम्पनीले कुनै पनि कार्यक्रम, सम्मेलन प्रायोजन गर्न नपाइने कानून छ । यसअघि कानून विपरित काम गरेको भन्दै एक्सन नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले पनि विरोध जनाएर यस विषयमा ध्याकर्षण गराइसकेका छन्।

दुबै संस्थाले विज्ञप्तिमार्फत फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने साहित्य महोत्सवमा सूर्य नेपालको लोगोसहित प्रचारप्रसार गरिनु कानूनविपरीत रहेको जनाएका छन्। साथै यस्तो गलत काममा साथ नदिन आयोजकलाई आग्रह गरेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार