धुलिखेल कल्याणकारीद्धारा आयोजित स्वास्थ्य शिविरमा १२ सयले लिए सेवा
हेल्थ टिभी अनलाइन : धुलिखेलमा काठमाडौ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा एकै दिन १२ सय भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ र विशेष अतिथि काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्माको स्वास्थ्य जाँच गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौं मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा माघ २९ गते सञ्जीवनी नमूना माध्यमिक विद्यालय प्रांगण धुलिखेलमा स्थानीयवासीहरुको लागी बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच सम्पन्न भएको हो ।
स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिश्चित गरौ भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नशा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन सम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्श अनुसार ल्याब सेवा प्रदान गरिएको थियो ।
शिविरमा उपस्थित अधिकांश बिरामीले एकै थलोमा यति धेरै सेवा निःशुल्क रुपमा उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक लगायत सहयोगी संघसंस्थाहरुलाई धुलिखेल कल्याणकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदरपत्रद्धारा सम्मान गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?