काठमाडौं र ललितपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’
हेल्थ टिभी अनलाइन : काठमाडौं र ललितपुर महानगरपालिकामा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ।
ललितपुर महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत बंगुर तथा सुंगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको पुष्टि भएको जनाएको छ।
ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बंगुर र सुंगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरको पशु सेवा शाखाले आग्रह समेत गरेको छ ।
महानगरले रोग देखापरेको क्षेत्रबाट सुंगुर प्रजातीका पाठापाठी, संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?