Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

हेल्थ टिभी अनलाइन :  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ। बोर्डका कार्यकारी निर्देशक डा बसौलाले दिएको रिटमा आज भएको सुनुवाईमा यस्तो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदश दिएको हो। यसका साथै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ।

सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निलम्बन रोकेको थियो।

गत बुधबार मात्रै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार