स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ। बोर्डका कार्यकारी निर्देशक डा बसौलाले दिएको रिटमा आज भएको सुनुवाईमा यस्तो आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदश दिएको हो। यसका साथै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ।
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निलम्बन रोकेको थियो।
गत बुधबार मात्रै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण