Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निमोनियाबारे थाहा पाउनुपर्ने कुरा

निमोनियाबारे थाहा पाउनुपर्ने कुरा

हेल्थ टिभी अनलाइन : पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्।

गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्रायस् भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए।

त्यसपछि विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा गरिएको अध्ययनमा आफूहरूले चिन्ता गर्नुपर्ने गरी कुनै पनि अस्वाभाविक रोग निम्त्याउने कुरा पहिचान नभएको बताएको थियो।

चीनमा कोरोनाभाइरसको महामारी रोक्नका लागि लकडाउन नगरिएको यो पहिलो जाडो याम हो। विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूमा रोग प्रतिरोधी क्षमता कमजोर भएका कारण निमोनियाको समस्या देखिएको जनाएको थियो।
लामो समय एकान्तवासमा रहेका बालबालिकाहरू रोग निम्त्याउने कुराको सम्पर्कमा पुगेका कारण यो एकै पटक धेरै जनामा फैलिएको विश्व स्वास्थ्य सङ्गठनको दाबी छ।

महामारी रोक्नका लागि लागु गरिएका प्रतिबन्धहरू हटाएपछि यूके, फ्रान्स, डेनमार्क र अमेरिका सहितका देशहरूमा पनि ज्वरोका लक्षणहरू देखिने यस्तै सङ्क्रमणहरू धेरै देखा परेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन् २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो।

यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब सहारा क्षेत्रमा देखिएको छ।

निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ।निमोनिया के हो ?

न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज्‌ एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।

जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ ।
साना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्।

बीबीसीबाट :

थप समाचार