Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि व्यवस्था विभागद्धारा लोमसको सिरप बिक्रीमा रोक

औषधि व्यवस्था विभागद्धारा लोमसको सिरप बिक्रीमा रोक

हेल्थ टिभी अनलाइन : औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा ल्याइएको ONSO123  व्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो ।

विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन प्यारासिटामोल ट्यावलेटको CT-2023  व्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता रिकल गर्न निर्देशन दिएको थियो ।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार