Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एनआइसीयूमा एक पटक नवजात शिशु भर्ना हुँदा झण्डै ४८ हजार खर्च : अध्ययन

एनआइसीयूमा एक पटक नवजात शिशु भर्ना हुँदा झण्डै ४८ हजार खर्च : अध्ययन

हेल्थ टिभी अनलाइन : नवजात शिशु बिरामी भएर अस्पतालको एनआइसीयूमा भर्ना भएर उपचार गर्दा सरदरमा ४८ हजार खर्च हुने एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा एनआइसीयूमा भर्ना भएका नवजात शिशु (जन्मेदेखि २८ दिनसम्मका) को उपचारका लागि परिवारले सरदर कति खर्च गर्नुपर्छ भन्ने विषय उजागर गर्नका लागि उक्त अध्ययन गरेको हो । सरकारी र प्राइभेट  गरी ४ अस्पतालका एनआइसीयूमा भर्ना भएका ३ सय बिरामीका आफन्तलाई गत वैशाख २५ देखि असार ७ गतेसम्म विभिन्न चरणमा प्रश्न, अन्तरवार्ता लगायत गरेर डाटा संकलन गरेर उक्त अध्ययन गरिएको परिषद्ले जनाएको छ । अध्ययन सानै भए पनि यसले प्रारम्भिक रुपमा नवजात शिशुको उपचारमा लाग्ने खर्च, एनआइसीयूमा सरकारले कस्तो लगानी र सुधार गर्नुपर्ने विषयको बारेमा छलफल गर्न र निति निर्माणमा सहयोग पुग्ने सूचना दिएको परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले बताए ।

उक्त अध्ययन अनुसार सरकारी अस्पतालमा एक जना नवजात शिशु भर्ना भएर उपचार लिन आउँदा २९ हजार ४८५ रुपैयाँ र प्राइभेट अस्पतालमा ४७ हजार ९७५ रुपैयाँ लाग्ने देखिएको छ । यसैगरी नवजात शिशुलाई कम्तीमा एक दिनदेखि ३२ दिनसम्म एनआइसीयूमा भर्ना गरेर उपचार गरेको पाइएको छ । अध्ययनमा सहभागी भएका नवजात शिशुको परिवारको औसत कमाई ३३ हजार ९५ रहेको पाइएको छ । जसमा ९५ प्रतिशतका पिता काममा रहेको र ५० प्रतिशत आमाहरु मात्र कामकाजी रहेको पाइएको छ । २० प्रतिशत आमा २० वर्ष अघि नै आमा बनेको र १३ प्रतिशतले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएको पाइएको छ । एनआइसीयूमा भर्ना भएका नवजात शिशुमध्ये २५ प्रतिशतको तौल कम रहेको पाइएको अध्ययनले देखाएको छ ।

यसैगरी भर्ना भएका बिरामीमध्ये ९४ दशमलब ७ प्रतिशत डिस्चार्ज भएको र ५ दशमलब ३ प्रतिशतको मृत्यु भएको पनि अध्ययनले देखाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार