ह्याम्स अस्पतालको आइभीएफ क्लिनिकमा सयभन्दा बढी दम्पत्तीको भ्रुण प्रत्यारोपण
हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालको आइभीएफ क्लिनिकमा सय भन्दा बढी दम्पत्तीको भ्रुण प्रत्यारोपण गरिएको छ । अस्पतालले आइभीएफ तथा नि:सन्तान क्लिनिक संचालन गरेको १४ महिनामा सय बढी दम्पत्तीको सफल भ्रुण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
अस्पतालले सय भन्दा बढी सफल भ्रुण प्रत्यारोपण गरेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरि उक्त जानकारी गराएको हो । ह्याम्स अस्पतालको आइभीएफ तथा नि:सन्तान क्लिनिकमा आउनेमध्ये ३० देखि ४० प्रतिशत विदेशमा बस्ने नेपाली रहेको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले जानकारी दिए। कोही पनि निःसन्तान दम्पत्ती सन्तान सुखबाट बन्चित नहोस् भन्ने उदेश्यले क्लिनिक खुलेको १४ महिनामै २५० भन्दा बढी दम्पतिले आइभीएफ सेवा लिएको र ६५ प्रतिशत सम्म सफल गर्भधारण दर रहेको डा शर्माले बताए।
ह्याम्समा आइभीएफ क्लिनिकको विशेषज्ञ टिममा मुलुकमै सर्वप्रथम आइभीएफ सेवा शुरू गर्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त तथा डा अतित पौडेलसहित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शन्देश पौडेल, डा ईच्छा उप्रेती, डा करिष्मा पाण्डे तथा रेशिष श्रेष्ठ लगायत रहेका छन्।
अस्पतालले निःसन्तान दम्पत्तीका लागि बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ। साथै अस्पतालले विपन्न नागरिकहरूका लागि विशेष छुट तथा नि:शुल्क परामर्श सेवा समेत प्रदान गर्दै आइरहेकाे छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?