Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्यान्सर उपचारमा मल्टीडीसीप्लेनरी टिम चाहिन्छ’

अस्वस्थकर खानपान र खराब जीवनशैलीले बढ्दैछ क्यान्सर

‘क्यान्सर उपचारमा मल्टीडीसीप्लेनरी टिम चाहिन्छ’

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर एक विशेष कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष एवम वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठले नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सर बिरामीको संख्या पनि बढिरेहेको बताए । उनले क्यान्सर उपचारमा एक जना डाक्टरले मात्र उपचार गरेर नहुने भन्दै यसमा विभिन्न विधाका डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कााउन्सिलर लगायतको मल्टीडीसीप्लेनरी टिम चाहिने बताए । उनले भने, ‘जुन टिम हाम्रो अस्पतालमा उपलब्ध छ ।’

यसैगरी कार्यक्रममा अस्पतालमा डा मुरारीमान श्रेष्ठले क्यान्सर उपचार अहिलेकै गतिमा बढ्ने हो भने सन् २०४० सम्म अहिलेको भन्दा दुई गुणा बढी हुनसक्ने बताए । उनले क्यान्सर लाग्नै नदिन जीवनशैली र स्वस्थकर खानामा ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा मेडिकल अंकोलोजिस्ट डा विजेशराज घिमिरेले क्यान्सर उपचारमा मेडिकल अंकोलिोजिस्ट क्यान्सरको फिजिसियन रहेको र उनीहरुले नै सबै क्यान्सरको सुरुवाती परीक्षण गरेपछि विधिन्न विधाका डाक्टर तथा स्वाथ्यकर्मीको टिमसहित उपचारमा जानुपर्ने बताए । उनले नेपाल क्यान्सर अस्पतालमा १२ जना मेडिकल अंकोलोजिस्ट रहेको समेत जानकारी दिए ।

कार्यक्रममा सर्जिकल अंकोलोजिस्ट डा कपेन्द्र शेखर अमात्यले क्यान्सर उपचारको महत्वपूर्ण मानिने शल्यक्रियामा अहिले धेरै नै नयाँ नयाँ प्रविधि आएको बताए । उनले पहिले जस्तो ठूलो ठ्रलो चिरफार गर्नुपर्ने बाध्यता हटेर अहिले सानो मात्र घाउ बनाएर शल्यक्रिया गर्न सकिने बताए । उनले पहिले पहिले स्तनमा क्यान्सर भएमा स्तन नै काटेर फाल्नुपर्ने भएकोमा अहिले स्तन बचाएर र प्लाष्टिक सर्जनको सहयोगमा स्तन पुन निर्माण गरेर पनि शल्यक्रिया गरिने जनाए । उनले वर्षमा ४ देखि ५ हजार शल्यक्रिया हँुदै आएको समेत जानकारी दिए ।
यसैगरी रेडियसन अंकोलोजी विभागका प्रमुख डा गिसुपनिख प्रसिकोले क्यान्सरमा रेडियोथेरापीको महत्वकोबारेमा जानकारी दिंदै आफूहरुले उत्कृष्ट र लेटेस्ट प्रविधि प्रयोग गरेर बिरामीलाई रेडियोथेरापी सेवा दिइरहेको बताए ।

कार्यक्रममा अस्पतालका विभिन्न विभागका विभागिय प्रमुखहरुले आ आफनो विभागले गरिरहेको काम र महत्वकोबारेमा जानकारी गराएका थिए । अस्पतालका सिइओ कपिल गौतमले अस्पताल राम्रोसँग सेवा दिन सक्षम हुनमा व्यवस्थापन टिमको महत्वपूर्ण भूमिका हुने बताए । उनले सिधै नदेखिए पनि यसको प्रभाव सेवा प्रवाहमा हुने उनले जिकीर गरे । कार्यक्रम फेब्रुअरी ४ आइतबार परेको विश्व क्यान्सर दिवसको अवसर पारेर आयोजना गरिएको थियो ।

 

थप समाचार