मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास
हेल्थ टिभी अनलाइन : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ दशमलब ६८ प्रतिशत पास भएका छन् ।
शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६ दबमलब ६८ प्रतिशत विद्यार्थी पास भएका हुन् । एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका छन् । जुन ५५ दबमलब ९६ प्रतिशत हो ।
लाइसेन्स परीक्षामा एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् । यस्तै, ४ जना परीक्षार्थीको रिजल्ट भने वीथ होल्डमा राखिएको काउन्सिलले जनाएको छ । बिडिएसतर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । जुन ६१ दबमलब ०५ प्रतिशत हो । यसैगरी, बिडिएसतर्फ १ सय ११ जना लाइसेन्स परीक्षामा फेल भएका छन् भने ६ जना अनुपस्थित रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण