नेपालमा पहिलोपटक नेपाली चिकित्सककै टोलीद्धारा सफल कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । यसअघि भएका कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिने गरेकोमा यसपटक भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सकको सहयोग बिना नै नेपाली चिकित्सकहरुकै टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको छ ।
शिक्षण अस्पतालका बरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ मा गरिएको पछिल्लो केश कलेजो प्रत्यारोपणमा कुनै विदेशी चिकित्सकको उपस्थिति थिएन । नेपाली चिकित्सकहरुको टोलीले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । ‘कलेजो दाता रहेकी श्रीमती १० दिन अघि नै डिस्चार्ज भइसकेकी हुन् । कलेजो ग्रहणकर्ता उनका श्रीमान् स्वास्थ्यलाभ गरी आज डिस्चार्ज हुँदैछन्,’ सर्जन डा भण्डारीले भने । उनले यसअघि गरिएका १० जना बिरामीमीको प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइएको र यो ११ औं बिरामीमा आफू लगायतको नेपाली चिकित्सक टोलीले नै प्रत्यारोपण गर्न सफल भएको बताए । उनले अबदेखि कलेजो प्रत्यारोपणका लागि विदेशी चिकित्सक बोलाउन नपर्ने भएको समेत जिकीर गरे ।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?