Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पहिलोपटक नेपाली चिकित्सककै टोलीद्धारा सफल कलेजो प्रत्यारोपण

नेपालमा पहिलोपटक नेपाली चिकित्सककै टोलीद्धारा सफल कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । यसअघि भएका कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिने गरेकोमा यसपटक भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सकको सहयोग बिना नै नेपाली चिकित्सकहरुकै टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको छ ।

शिक्षण अस्पतालका बरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ मा गरिएको पछिल्लो केश कलेजो प्रत्यारोपणमा कुनै विदेशी चिकित्सकको उपस्थिति थिएन । नेपाली चिकित्सकहरुको टोलीले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । ‘कलेजो दाता रहेकी श्रीमती १० दिन अघि नै डिस्चार्ज भइसकेकी हुन् । कलेजो ग्रहणकर्ता उनका श्रीमान् स्वास्थ्यलाभ गरी आज डिस्चार्ज हुँदैछन्,’ सर्जन डा भण्डारीले भने । उनले यसअघि गरिएका १० जना बिरामीमीको प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइएको र यो ११ औं बिरामीमा आफू लगायतको नेपाली चिकित्सक टोलीले नै प्रत्यारोपण गर्न सफल भएको बताए । उनले अबदेखि कलेजो प्रत्यारोपणका लागि विदेशी चिकित्सक बोलाउन नपर्ने भएको समेत जिकीर गरे ।

कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।

थप समाचार